२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर



अ+ अ-

एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यो खेलको नतिजाको छिनोफानो सुपर ओभरबाट भयो । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो ।

यसअघि टी–२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । यो खेल वेस्ट इन्डिजले जितेको थियो ।

बार्बाडोसको केन्सिङ्टन ओभलमा सोमबार भएको खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । जवाफमा नामिबियाले पनि २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो र खेल सुपर ओभरमा पुगेको थियो । नामिबियालाई जितका लागि अन्तिम ओभरमा ५ रन चाहिएको थियो तर मेहरान खानले मात्र ४ रन दिए ।

नामिबियाका लागि डेभिड विसेले अलराउन्ड प्रदर्शन गरे । उनले पहिलो सुपर ओभरमा कप्तान जेराड इरासमससँग ६ बलमा २१ रन बनाए । विसेले मात्र १० रन दिएर एक विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।