२१ मंसिर २०८२, आईतवार
,
Latest
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु गोरखाको रिपुम गुम्बामा आगालागी सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ



अ+ अ-

इनरुवा । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हरिनगर–५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ । उक्त रकम हुन्डी कारोबारको भएको आशङ्का गरिएको छ । बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुुभयो । रासस