१ असार २०८३, सोमबार
,
Latest
सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप



अ+ अ-

काठमाडौं । सिभिल सहकारीबाट पीडित बचतकर्ताहरुले ऋण लिएका व्यक्ति र संस्थाहरुबाट उठाएर आफूहरुको बचत फिर्ता गरिनुपर्ने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष इच्छाराज तामाङ अहिले थुनामा छन् । थुनामा रहेका तामाङ सिभिल सहकारीका ऋणीसमेत हुन् ।

बचतकर्ताहरुका अनुसार सुनधारास्थित सिभिल मलमा सिभिल सहकारीको ५० प्रतिशत शेयर छ । उक्त मलको बाँकी ५० प्रतिशत शेयर लालकाजी गुरुङ र उनकी श्रीमती मिनाको नाम छ । आधा लगानी सहकारीको भएपनि अहिलेसम्म मलको आम्दानी सहकारीलाई नदिइएका उनीहरुले बताए । सहकारीलाई मलको आम्दानी दिने हो भने साना बचतकर्ताको रकम फिर्ता गर्न समस्या नहुने बचतकर्ताहरुको भनाइ छ ।

कम्पनी रजिष्टार कार्यालयको डकुमेन्टमा उक्त मलको १७ लाख कित्ता शेयर सिभिल सहकारीको नाममा र १७ लाख कित्ता लालकाजी र मिनाको नाममा रहेको उनीहरुले बताए । अहिलेसम्म सिभिल मलले आम्दानी सहकारीलाई दिएको छैन । बचतकर्ताहरुका अनुसार मल बनाउँदा उल्टै मिनाले शेयर धितो राखेर ऋण लिएकी थिईन् । उनले लिएको ऋणको साँवा, व्याज २०७८ सालमै ५६ करोड पुगिसकेको थिए । लालकाजीले मिनाको नाममा लिएको ऋण पनि नतिरेको र अहिले आएर मलमा सहकारीको शेयर नरहेको भनी मुद्दा दायर गरेको उनीहरुले बताए ।

‘लालकाजी र मिनाले अहिले सिभिल मलमा सिभिल सहकारीको शेयर छैन । ऋण पनि लिएको छैन भनेर मुद्दा हालेका छन् । कम्पनी रजिस्टारको कार्यालयको डकुमेन्टमा भने १७ लाख सिभिल सहकारी र १७ लाख कित्ता लालकाजी र मिनाको नाममा छ । उनले कुनै कारणले मुद्दा जितेको खण्डमा हाम्रो बचत झनै जोखिममा पर्नेभयो,’– एक बचतकर्ताले भने ।

सिभिल सहकारीले सिभिल मलमा गरेको लगानी र मिनाले लिएको ऋण उठाउँदा मात्रै पनि अहिले ५ अर्ब रुपैयाँ सहकारीमा आउने उनीहरुको आँकलन छ । उनीहरुले सो पैसा फिर्ता गराउन सकेको खण्डमा धेरै पीडितले न्याय पाउने बताए ।

पीडित बचतकर्ताहरुले सिभिल मलमा सहकारीले गरेको लगानी फिर्ता गराउनुपर्ने, मलकी शेयर धनी मिनाले लिएको ऋणी तिराउनुपर्ने र मलको आम्दानी पनि सहकारीलाई दिनुपर्ने माग राखेका छन् । पीडित बचतकर्ताका अनुसार अहिले मलबाट महिनाको दुई करोडभन्दा बढी भाडा उठ्छ ।