४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धनगढीमा एलपिएलको तयारी तीव्र

धनगढीमा एलपिएलको तयारी तीव्र
अ+ अ-

टीकापुर । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका गु्रप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ ।  

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो । आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका गु्रपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कैलालीको टीकापुरमा रहेको चण्डिका गु्रपले खाद्यान्न, हार्डवेयर तथा आयात निर्यातको व्यवसाय सञ्चालन गर्दै आएको छ ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । “कोरोनाको कहरका बीचमा पनि मुख्य प्रायोजक पाउँदा प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्न मद्दत मिल्नेछ”, शाहीले भन्नुभयो, “हाम्रो उद्देश्य विद्यालयस्तरबाटै खेलाडी उत्पादन होऊन् भन्ने हो । त्यसका लागि यस्ता गतिविधि हुन आवश्यक छ ।”

लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिनुभयो । विगतमा चार जनासम्म नेपालभित्रका १९ वर्षमुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्षमुनिका दुई मात्रै खेलाडी सहभागी गराउने तयारी आयोजकले गरेको छ ।

विगतका वर्षभन्दा पुरस्कार राशि पनि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले रु दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५० हजार दिइनेछ । “कोरोना महामारीको बीचमा प्रतियोगितालाई निरतन्तरता दिन सक्नु नै ठूलो हो”, अध्यक्ष शाहीले भन्नुभयो, “प्रतियोगिता क्रिकेटको जग हो । हाम्रो उद्देश्य क्रिकेट खेलको विकास गर्ने हो । त्यसैले जग बलियो बनाउनका लागि नरोक्ने निर्णयमा पुगेका हौँ ।”

परिवर्तनशील समयसँगै क्रिकेट खेल युवामा मात्र नभई, बयस्क र केटाकेटीका लागि पनि लोकप्रिय खेल बन्न थालेको छ । सुदूरपश्चिममा एक दिवसीय र २०र२० क्रिकेट खेल हुन थालेका छन् । क्रिकेटप्रति बढेको आकर्षणले कैलालीमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम पनि बढ्न थालेका शिक्षक पूर्ण विक बताउनुहुन्छ । “विद्यालयले पनि आफ्नो अतिरिक्त क्रियाकलापमा क्रिकेट खेललाई प्राथमिकतामा राख्न थालेका छन्”, शिक्षक विकले भन्नुभयो, “क्रिकेटमा खेलाडीको रुचि बढेको छ र दर्शकले पनि रुचाउन थालेका छन् । विद्यालयले कलिला विद्यार्थीको क्रिकेटमा रुचि जगाउने काम गर्न थालेको महसुस गरेको छु ।” सुदूरपश्चिम प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रूपमा विकास गरिरहेको छ ।