२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षको बच्चाले लक्ष्मी भगवानको मूर्ति निलेपछि



अ+ अ-

एजेन्सी । बच्चाहरुको गतिविधीमा विषेश ध्यान दिन जरुरी छ । बच्चाहरु चनचले स्वाभावको हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ ।  बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् । 

जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भारतमा पनि यस्तै एक अनौठो घटना भएको छ । भारतको कर्नाटकको रायचुर शहरमा एक ४ वर्षका बच्चाले मूर्ति निलेका छन् ।  

सधै सानो लक्ष्मीको मूर्तिसँग खेलिरहने ती बच्चाले अचानक मूर्ति मुखमा हालेर अड्काए । लक्ष्मीको सानो मूर्ति निलेपछि परिवार निकै आत्तिए । मूर्ति निलेको केही घण्टामा बच्चालाई अस्पताल लगेर भर्ना गरियो । 

अस्पतालमा डाक्टरले इन्डोस्कोपी गरेर बच्चाको पेटबाट मूर्ति निकाले । मूर्ति सानो भएकोले आन्द्रासम्म नपुगेकोले बच्चा भाग्यले बाचेको डाक्टरले बताए । डाक्टरले बच्चाको शरिरमा मूर्तिको विष फैलिएको भए खतरा हुने पनि बताए । समयमा नै निकालिएकोले बच्चालाई केही हुन पाएन ।