२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

​​​​​​​किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा

​​​​​​​किन सम्बोधन हुँदैन खेलाडीको सेवा सुविधा
अ अ+ अ-

काठमाडौं । खेललाई मूल मन्त्र मान्दै जीवन व्यतित गरेका खेलाडीलाई सरकारले दायरा बनाउँदै वितरण गरेको सेवा सुविधा चालु आर्थिक वर्ष शुरु भएदेखि नै पाएका छैनन । सोही कारण पदक दिलाएका  खेलाडी निराश छन्भने नयाँ पिढीका खेलाडीलाई हौसला पाउनुको सट्टा निराशापन छाएको छ ।

कीर्तिमानी धावन बैकुण्ठ मानन्नधरको यो भनाई सुन्दा लाग्छ नेपाली खेलकुद अझै बामे सर्दैछ । साँघुरा पूर्वाधार र व्यक्तिगत कुन्ठाबाट खेलमा जीवन अहुती गरेका मानन्धरले पुरानो शैलीमा अब खेलकुद चल्न हम्मेहम्मे हुँदै छ भन्ने प्रस्ट भएको बताउनुभयो । खेलकुद क्षेत्रमा विश्वले मारेको फड्कोलाई आत्मसाथ नगरे नेपाली खेलाडीको स्तर पुरानै अवस्थामा रहने उहाँको बुझाई छ ।

नेपाल सरकारले नै राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई भत्ता उपलब्ध गराउने निर्णय गरे पनि पदक दिलाएका खेलाडीले गत साउन महिना देखी भत्ता पाउन सकेका छैनन् । यसै विषयलाई लिएर खेलाडीहरुको संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले गत बुधबार नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यस अघि जगतबहादुर विश्वकर्मा (सुनार) खेलकुदमन्त्री नियुक्त भएको १३ दिनपछि २०७४ साल चैत २६ गते यसरी नै खेलाडी संघले ज्ञापनपत्र बुझाएको थियो । तात्कालिन मन्त्री विश्वकर्माले खेलाडीले खेल क्षेत्रमा आफ्नो भविष्य अनुभूत गर्ने गरी काम गर्ने बताउनु भएको थियो त्यसरी नै यसपल्ट मन्त्री लामाले पनि खेलाडीलाई आश्वासन दिनुभएको छ ।

यसका अलावा संघले विभिन्न कार्यकालमा मन्त्रालय सम्हाल्दै आएका मन्त्रीसँग पनि माग राख्दै आएको थियो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले यसअघिका मन्त्रीहरूलाई गराइएको ध्यानाकर्षण पत्रले खेलाडीको समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएके तर अहिले सम्मपनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

खेलाडीहरुको संघ एनएनआईपिएका पदाधिकारीले मन्त्रीसमक्ष खेलाडीले पाउनुपर्ने मासिक प्रोत्साहन भत्ता रातो किताबमै उल्लेख गरेर वितरण गर्न माग राख्दै आएका छन् । तर सम्बोधन भएको छैन । बरु उपलब्ध गराउने भनिएको सेवा सुविधा नपाउँदा खेलकुदमा जीवन विताएका खेलाडी निराश देखिएका छन् । यस्तै खेलमा जीवन विताउन अभिलासा राखेका नयाँ पिढीमा यसको प्रत्यक्ष असर देखिने थालेको छ । जसका कारण युवा खेलाडी पलायन हुने अवस्था दिन प्रतिदिन बढ्ने क्रम जारी छ । पदकको आशा गर्ने तर सेवा सुविधा दिन कन्जुस्याई गर्ने प्रवृतिले खेलकुद क्षेत्र कहिले उघो लाग्ला ?यस विषयमा खेलकुुदको सर्बोच्च निकायले ध्यान दिने सयम आएको हो की ?