१० श्रावण २०८३, आईतवार
,
Latest
इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ३५ रनले हरायो



अ+ अ-

एजेन्सी । सन् २०२४ को टी–२० विश्वकप अघि अभ्यास खेलहरु भइरहेका छन् । सहआयोजक राष्ट्र वेस्ट इन्डिजले अभ्यास खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निकोलस पूरनको विस्फोटक इनिङ्सको आधारमा २५७ रन बनाएको थियो । यसपछि लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया २२२ रनमै सीमित भयो ।

अष्ट्रेलियाका कप्तान मिचेल मार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए । वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । शाई होप मात्र १४ रन बनाएर सुरुमै आउट भए । जोन्सन चार्ल्स र निकोलस पूरनले दोस्रो विकेटका लागि ३९ बलमा ९० रनको साझेदारी गरे । निकोलस पूरनले उत्कृष्ट इनिङ खेले ।

पुरनले २५ बलमा ७५ रनको उत्कृष्ट इनिङ खेले । यस अवधिमा पुरनले ५ चौका र ८ छक्का प्रहार गरे । चार्ल्स ४० रन बनाएर आउट भए भने कप्तान रोभम्यान पावेल ५२ रन बनाएर आउट भए । शिमरोन हेटमायरले अविजित १८ रन खेले भने शेर्फेन रदरफोर्डले १८ बलमा अविजित ४७ रनको द्रुत इनिङ्स खेले । अष्ट्रेलियाका एडम जाम्पाले दुई विकेट लिए । एस्टन अगर र टिम डेभिडले एक–एक विकेट लिए ।

अष्ट्रेलियाका लागि जोस इंग्लिसले ५५, नाथन एलिसले ३९, एस्टन अगरले २८, टिम डेभिड र म्याथ्यु वेडले २५–२५ रनको इनिङ खेले भने एडम जाम्पाले अविजित २१ रन बनाए । निर्धारित २० ओभरमा अष्ट्रेलियाले ७ विकेट गुमाएर २२२ रन मात्र बनाउन सकेपछि वेस्ट इन्डिज ३५ रनले विजयी भयो ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र गुदाकेश मोतीले समान २–२ विकेट लिए । यस्तै, ओवेड म्याककोइ, समर जोसेफ र अकिल हुसेनले १–१ विकेट लिए ।