३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पालाई म्याराथनमा स्वर्ण



अ+ अ-

काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन् । पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन् ।

बंगलादेशको ढाकामा भएको म्याराथनमा जितसंगै पुष्पाले ५ लाख टाका नगद पुरस्कार जितेको टिम प्रशिक्षकको भूमिकामा ढाकामा रहेका धनीराम चौधरीले जनाएका छन् । पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । भारतबाट ३, नेपालबाट १ र बंगलादेशबाट ८ खेलाडीले भाग लिएको प्रशिक्षक चौधरीले जानकारी गराए । भारतीय खेलाडीले दोश्रो र तेश्रो स्थान हासिल गरे ।

म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए । किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए । निर्धारित दूरी तय गर्न किरणले २ घण्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे । प्रशिक्षक चौधरीका अनुसार किरण बाहेक म्याराथनमा भारतबाट ५, माल्दिभ्सबाट १ र बंगालदेशबाट ७०÷८० जनाले भाग लिएका थिए । शीर्ष तीन स्थानमा भारतीय खेलाडीले कब्जा जमाए ।