२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ: खेलकुदमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताउनुभएको छ ।

बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताउनु भयो । यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उहाँको विश्वास छ ।

उहाँले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताउनु भयो । उहाँले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको बताउनु भयो । उहाँले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुलाई होस्टेल बाहिर बाहिर खेल मैदान नजिकै हुने गरेको देखियो । नेपालमा पनि त्यसैअनुसार होस्टेल बनाउन हामीले हानलाई आग्रह गर्नेछौँ । फ्लड लाइटको कुरा जुन छ, प्राविधिक खालको प्रशासनिक त्रुटीले गर्दा गत वर्ष पनि हुन सकेको थिएन । यस वर्ष पनि हामीले २० करोड राखेका छौँ । व्यवहारिक हिसावले यहाँको संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई तिमीहरुको जस्तै संरचना बनाउँदैछौँ भनेर सन्देश दिनु नै हो । विगतको ५ वर्षको भन्दा सबैभन्दा ठूलो बजेट यस वर्ष छ । चाहना असिमित छन्, श्रोत र पुँजी कम छ । जहिले पनि राज्यसँग आश गरेर हुँदैन, खेलकुद आफैँ व्यवसायिक हुनुपर्छ ।’

क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म अन्तर्राष्ट्रिय नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताउनु भयो । उहाँले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताउनु भयो । उहाँले स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम शुरु हुने आशा रहेको बताउनु भयो ।

सो अवसरमा खेलकुदमन्त्री श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गर्नुभएको थियो । उहाँले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताउनु भयो ।

नेपालले आईसिसि टि २० विश्वकप २०२४ मा भाग लिँदैछ । जसका लागि नेपाल एक महिनाअघि नै अमेरिका र वेस्टइण्डिज पुगेर त्यहाँका विभिन्न क्लव र विश्वकप अगाडिको खेलहरु खेलिसकेको छ । नेपालले विश्वकपको वार्मअपमा यसअघि क्यानडासँग खेलिसकेको छ भने अमेरिकासँग आज खेल्दैछ । विश्वकप जुन २ तारिकबाट अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । जसमा नेपालले भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेलेर विश्वकपको शुरुवात गर्नेछ ।