२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

ससुलोमाथी युभेन्टसको जित

ससुलोमाथी युभेन्टसको जित
अ अ+ अ-

मिलान । युभेन्टसले इटालीको 'सिरी ए' मा आइतबार १० खेलाडीमा सीमित ससुलोलाई ३–१ ले हरायो र उपाधिको होडमा सामेल हुन सफल रह्यो । आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा युभेन्टसले जित पक्का गरेको हो । 

युभेन्टसले डानिलोको गोलले अग्रता लिएयता जर्जिरे ड्राफेलले बराबरी गोल फर्काएका थिए । लिगमा युभेन्टसको यो लगातार तेस्रो जित हो र टिम १६ खेलबाट ३३ अंकसहित चौथो स्थानमा उक्लिन पनि सफल रह्यो ।

एसी मिलान ४० अंकमा शीर्ष स्थानमा छ र युभेन्टसले उससँगको दूरी एक खेल कम खेलेर सात अंकमा कायम गरेको छ । यसअघि दोस्रो स्थानमा रहेको इन्टर मिलानले रोमासँग २–२ को बराबरी खेलेको थियो ।