१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत र पत्रकार गजेन्द्र बुढाथोकीबीच आरोप–प्रत्यारोप



अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र पत्रकार गजेन्द्र बुढाथोकीबीच आरोप प्रत्यारोप चलेको छ । राजदूत सोङ र पत्रकार बुढाथोकीले धम्कीयुक्त भाषा नै प्रयोग गरेका छन् ।

पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा आरोप प्रत्यारोप चलेको हो । बुढाथोकीले तीन दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

त्यही पोस्टमा मंगलबार राति रिप्लाइ गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका छन् । उनले लेखेका छन्, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

सोङले आफूहरूले बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफीको माग गरेको बताएका छन् ।
पत्रकार बुढाथोकी टक्सार म्यागेजिनका सम्पादक हुन् । उनले आफूलाई धम्की नदिन र सीमामा बस्न राजदूतलाई सुझाव पनि दिएका छन् ।