• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस्

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै



फ्रान्स । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका कोभिडका संक्रमितहरु पछिल्लो समयमा आएर भने घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । पछिल्लो पटक अर्थात् आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ ।आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर यहाँका अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यहाँ यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।

आइबार देखिएको यो संख्या पछिल्लो हप्ता यताकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ ।सो एजेन्सीले आइतबार यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।

गएको शनिबार मात्र यहाँ २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।

महामारी सुरु भएदेखि यताको संख्या हेर्दा यहाँ २७ लाख ८३ हजार भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्सको यो संख्या युरोपेली देशहरुकै दोस्रो ठूलो संख्या हो भनेको छ ।

युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ । यहाँ पछिल्लो समयमा कोभिडको नयाँ जातको संक्रमणको पनि प्रकोप बढेको देखिएको अर्को एक समाचारमा जनाइएको छ ।

उक्त एजेन्सीले दिएको जानकारीअनुसार फ्रान्समा ५७ हजार ७५० जनाको यस संक्रमणबाट ज्यान गएको छ । अहिले पनि हरेक दिन यहाँका नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ । शनिबारसम्मको तथ्यांक हेर्दा यहाँका २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ ।

तीमध्ये पनि यहाँका २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको पनि फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरुले यहाँ पनि पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएको जनाएका थिए ।

त्यसका कारण यहाँका धेरै जसो सेवा क्षेत्रहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण यहाँको जनजीवन पनि निकै नै प्रभावित भएको राजधानी पेरिसबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।  –रासस