एजेन्सी । पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा एउटा बस खाल्डोमा खसेको छ ।
बुधबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घटना बिहान ५ः३० बजे दियामेर जिल्लाको काराकोरम राजमार्गमा भएको हो । बस रावलपिण्डीबाट हुन्जा जाँदै थियो ।
उक्त बसमा ४३ जना यात्रु सवार थिए ।