१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गर्यो : अध्यक्ष राणा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभएको छ ।  

सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुस सहित सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु  र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि प्रतिक्रिया दिदैँ अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताउनुभयो । उहाँले मुलुकका निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभयो ।

अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताउनुभयो । मुलुकमाथि अत्याचार भएको भन्दै उहाँले अन्याय र अत्याचार विरुद्ध राप्रपा बिरोधमा उत्रिने बताउनुभयो । नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको बताउनुभयो ।

पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।