३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी परेनन्



अ+ अ-

काठमाडाैंः पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् ।

पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् ।

नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा समावेश थिए ।

ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए । नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन् ।