• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु



काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको छ ।

समितिले सोमवारदेखि नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल शुरु गरेको हो । समितिले चारवटा दफामा छलफल गरेको छ । दफावार छलफलको पहिलो दिन समितिले दफा १ को संक्षिप्त नाम र प्रारम्भ, दफा २ को परिभाषा, दफा ३ को विश्वविद्यालयको स्थापना र दफा ४ को विश्वविद्यालय स्वशासित र संगठित संस्था हुने सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरुले सम्बन्धित दफाहरुमा आ–आफ्नो धारणा राखेका छन् भने समितिका संशोधनकर्ता सांसदहरुले पनि आ–आफ्नो धारणा राखेका छन् । समिति सभापति अम्मरबहादुर थापाले चारवटा दफामा छलफल भएको भएपनि कुनै निष्कर्ष ननिस्किएको बताउनु भयो । उहाँले छलफललाई जारी राख्ने र संशोधनकर्ताले उठाएका कुराहरुलाई मध्येनजर गर्दै निष्कर्षमा पुगिने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘बंगलादेशमा एमबिबिएस पढ्ने विद्यार्थीहरुको सम्बन्धमा मन्त्रीसँग के भएको छ भनेर जानकारी लिइयो । अस्ति हामीले समितिबाट निर्णय गरेर पठाएका थियौँ । त्यसको विषयमा अहिले बंगलादेशले ९ जना विद्यार्थीहरुलाई हटाएको थियो त्यसमा थप गरेर पढ्न पाउने भएका छन् भन्ने समाचार सुनियो । अर्को कुरो साढे तीनसय विद्यार्थीहरु, दोस्रो सेमेस्टरमा फेल भएका विद्यार्थीहरुले मौका परीक्षा पाएनन् । कानूनी रुपमा नपाउने अवस्था रहेछ । त्यसैले त्यसलाई पनि कसरी परिमार्जित गरेर अगाडी बढ्न सकिन्छ भनेर मन्त्रीहरुलाई निर्देशन गरिएको छ । दोस्रो सेमेस्टरमा मौका परीक्षा नपाएका विद्यार्थीहरुको पैसा एकमुष्ट लगिएको छ त्यो फिर्ताको लागि मन्त्रालयले छिटोभन्दा छिटो पहल गरोस् र त्यसको जवाफ चाहियो भन्ने निर्देशन मन्त्रीलाई गएको छ । मन्त्रीले त्यसमा गर्छु भनेर जानुभएको छ । प्रश्तावनादेखि दफा ४ सम्म छलफल भएको । निष्कर्ष निस्किएको छैन । निर्णय भएको छैन । छलफलको टिपोर्ट भइरहेको छ । संशोधनकर्तासँग बोलाएर छलफल गरिसकेको । दफावार छलफलमा संशोधनकर्ता माननीयले के–के राख्नुभएको छ । राष्ट्रिय सभाबाट आएकोले राष्ट्रिय सभाले के पारित गरेको छ ? र हाम्रो मुल विधेयक के छ ? यि तीनवटा विषयको तिनवटै बुँदामा छलफल हुन्छ हाम्रो ।’

राष्ट्रिय सभाबाट प्रतिवेदनसहित पारित भएर आएको सो विधेयकको सम्बन्धमा सांसदहरुले एकल र संयुक्त रुपमा १९ वटा संशोधनको प्रश्ताव दर्ता गरेका थिए । समितिले संशोधनकर्ताहरुसँग छलफल गरिसकेको छ । समिति सभापति थापाले अब सो विधेयकको सम्बन्धमा दफाबार छलफल निरन्तर अगाडी बढ्ने जानकारी दिनुभयो ।