२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयताको घोर बिरोधी प्रचण्ड हुन्ः मुख्यमन्त्री यादव



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता बिरोधी भएको अरोप लगाउनुभएको छ ।

सोमवार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उहाँले सञ्चारकर्मीहरुसँग यस्तो आरोप लगाउनुभएको हो ।

नेकपा एमाले सहितका राजनीतिक दलहरुले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालिन असर पर्ने खालका निर्णयहरु नगर्न÷नगराउन ध्यानाकर्षण पत्र पेश गरेका थिए । ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर बिरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पार्नुभएको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशभर मधेस प्रदेशले संघीयता चाहेको हो । यो डेढ वर्षमा संघीयता चाहिन्छ भनेर बढी लड्ने म नै हो । पहिला हामी केपी ओलीलाई संघीयता बिरोधी भन्थ्यौँ । उहाँ त भन्दै हुनुहुन्थ्यो की मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ । तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर बिरोधी प्रचण्ड हो ।

प्रचण्डले संघीयता चाहेकै छैनन् । यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ । मधेस प्रदेश कमजोर भएपछि, काम नभएपछि मान्छेले त्यहाँको मान्छेले भनोस्, की मधेस प्रदेशले काम गर्न सकेन, काम छैन भनेर । त्यो हिसावले यो पटक पटक सरकार परिवर्तन गराउने, कर्मचारीको सरुवा तत्काल गर्न लगाउने काम भएको छ । यो संघीयता बिरुद्धको प्रहार हो ।’

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहँर गर्न मधेस प्रदेशमा पटक पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताउनु भयो ।