९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासंपेशी बलियो बनाउने शारिरिक व्यायाम कसरी गर्ने ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । मासंपेशीको अभ्यास गर्नाले मासंपेशीलाई बलियो बनाई दम-खोकीका बिरामीहरुको अवस्थामा सुधार ल्याउँछ । यसका लागि विभिन्न प्रकारले व्यायाम गर्न सकिन्छ । शारिरिक व्यायामगर्दा भुइँमा सुतेर पनि गर्न सकिन्छ । यस्ता रहेका छन् व्यायाम गर्ने तरिकाहरु :

बेन्चमा अथवा टेबलमा बसेर गरिने शारिरिक व्यायाम 
१) सर्वप्रथम दुवै घुँडा खुम्चाउने र घुँडा सीधा पारेर पालैपालो गरी दुवै खुट्टा उचाल्ने ।
२) कुम र खुट्टाको आड लिएर शरिरलाई माथि उचाल्ने ।
३) दुवै घुडा खुम्च्याउने र दुवै हातले टाउको अड्याइ शरिरको माथिल्लो भाग दायाँ र बायाँ गर्दै पालैपालो मोड्ने ।

उभ्भिएर गरिने शारीरिक व्यायाम

१) दुवै घुडालाई पालैपालो तन्काउने ।
२) दुवै खुट्टा पालैपालो फराकिलो गरी अगाडि टेक्ने (यसो गर्दा एउटा हातले भित्ताका साहारा लिन सकिन्छ) । 
३) दुवै घुँडा पालैपालो खुम्चाइ माथि उचाल्ने र यसो गर्दा खुट्टाले भुइँ छुनु हुदैन । 
४) दुवै घुँडा खुम्च्याइ कम्मरलाई बिस्तारै तल झार्ने (यसो गर्दा दुवै हातले भित्ताको साहारा लिन सकिन्छ) । 
५) दुवै खुट्टा सीधा पारि माथि उचाल्ने र कम्तीमा १० सेकेण्डसम्म त्यहि अवस्थामा राख्ने ।
६) पालैपालो एउटा खुट्टामा उभ्भिइ विस्तारै उठबस गर्ने (यसो गर्दा एउटा हातले भित्ताको साहारा लिन सकिन्छ) ।