२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासंपेशी बलियो बनाउने शारिरिक व्यायाम कसरी गर्ने ? थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । मासंपेशीको अभ्यास गर्नाले मासंपेशीलाई बलियो बनाई दम-खोकीका बिरामीहरुको अवस्थामा सुधार ल्याउँछ । यसका लागि विभिन्न प्रकारले व्यायाम गर्न सकिन्छ । शारिरिक व्यायामगर्दा भुइँमा सुतेर पनि गर्न सकिन्छ । यस्ता रहेका छन् व्यायाम गर्ने तरिकाहरु :

बेन्चमा अथवा टेबलमा बसेर गरिने शारिरिक व्यायाम 
१) सर्वप्रथम दुवै घुँडा खुम्चाउने र घुँडा सीधा पारेर पालैपालो गरी दुवै खुट्टा उचाल्ने ।
२) कुम र खुट्टाको आड लिएर शरिरलाई माथि उचाल्ने ।
३) दुवै घुडा खुम्च्याउने र दुवै हातले टाउको अड्याइ शरिरको माथिल्लो भाग दायाँ र बायाँ गर्दै पालैपालो मोड्ने ।

उभ्भिएर गरिने शारीरिक व्यायाम

१) दुवै घुडालाई पालैपालो तन्काउने ।
२) दुवै खुट्टा पालैपालो फराकिलो गरी अगाडि टेक्ने (यसो गर्दा एउटा हातले भित्ताका साहारा लिन सकिन्छ) । 
३) दुवै घुँडा पालैपालो खुम्चाइ माथि उचाल्ने र यसो गर्दा खुट्टाले भुइँ छुनु हुदैन । 
४) दुवै घुँडा खुम्च्याइ कम्मरलाई बिस्तारै तल झार्ने (यसो गर्दा दुवै हातले भित्ताको साहारा लिन सकिन्छ) । 
५) दुवै खुट्टा सीधा पारि माथि उचाल्ने र कम्तीमा १० सेकेण्डसम्म त्यहि अवस्थामा राख्ने ।
६) पालैपालो एउटा खुट्टामा उभ्भिइ विस्तारै उठबस गर्ने (यसो गर्दा एउटा हातले भित्ताको साहारा लिन सकिन्छ) ।