२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा हावाहुरीसहित वर्षा, नेपालमा पनि देखिन थाल्यो असर



तस्बिर : एजेन्सी
अ+ अ-

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालमा देखिन थालेको छ ।

नेपालको कोशी प्रदेशका तराई भागका जिल्ला मोरङ, झापालगायतमा पानी परिरहेको छ । अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का पानी पर्ने सम्भावना छ ।

प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अप्रत्यक्ष असरले आज र भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै रेमल चक्रवातको असर नेपालको कुन प्रदेशमा कस्तो खालको रहन्छ भन्ने जानकारी समेत दिएको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विशेष बुलेटिनमा उल्लेख छ ।

यता भारतमा भने रेमल चक्रवातले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) काअनुसार रेमालका कारण अहिले कोलकातामा हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिम बङ्गाल पनि आँधीबाट प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीपछि बङ्गालमा तटीय क्षेत्रमा पहिरो जाने क्रम जारी छ । आईएमडीकाअनुसार चक्रवाती आँधी ‘रेमाल’ पश्चिम बङ्गालबाटै शुरु भएको हो । बङ्गालको खाडीमा बनेको चक्रवात रेमाल उत्तर दिशातर्फ सरेको र बङ्गलादेशतर्फ गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो आँधी पश्चिम बङ्गालको सागर टापु र क्यानिङ र बङ्गलादेशको खेपुपारा र मोंगलातर्फ सर्दैछ ।आँधीलाई ध्यानमा राखी क्षति कम गर्न नौसेना र तटरक्षक टोली परिचालन गरिएको छ ।