• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले

नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिगका लागि सम्झौता



काठमाडौँ । नेपाल भलिबल सङ्घ र केडिया अर्गनाइजेसन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाबीच आज यहाँ आयोजित एक कार्यक्रममा पुरुष फेन्चाइजी लिग आयोजना गर्ने विषयमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता सात वर्षका लागि हुनेछ । सझौताअनुसार केडिया अर्गनाइजेसनले प्रत्येक वर्ष भलिबल सङ्घलाई रु ३५ लाख उपलब्ध गराउनेछ ।

नेपाल भलिबल सङ्घले नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज लिग गर्न प्रयास गरेको सङ्घका अध्यक्ष चन्दले बताउनुभयो । उहाँले उक्त प्रतियोगिता आगामी माघ/फागुन महिनामा आयोजना गर्ने योजना रहेको बताउँदै उक्त प्रतियोगितको सम्पूर्ण व्यवस्थापन केडिया अर्गनाइजेसनले गर्ने उल्लेख गर्नुभयो ।

होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न सात टोलीलाई सहभागिता गराइने तयारी रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी केडिया अर्गनाइजेसनका प्रबन्ध निर्देशक केडियाले भलिबल खेलको विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकास र विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।