• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता शेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह तीन दशमलव ३७ र म्युचुअल फन्ड शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव १९ र जलविद्युत् समूह एक दशमलव ६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता शेयर किनबेच भएको छ ।