१४ आश्विन २०८१, सोमबार
,
Latest
अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दुई कित्तामा : ओली पक्ष विश्वस्त,आशंकामा प्रचण्ड–नेपाल(भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा प्रतिनिधि सभा विघटनको पक्षमा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधि सभा विघटनको विपक्षमा सडक संघर्षमा छ । प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि नै आशंका गरिरहेका छन् भने ओली पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगको फैसला आफ्नो पक्षमा हुनेमा विश्वस्त देखिएका छन् । 

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै नेपालको राजनीति तातेको छ । कोभिड संक्रमणको कारण गत वर्ष चैत्रदेखि सुनसान बनेको सडकहरु प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा प्रदर्शन गर्ने थलो बनेको छ । प्रधानमन्त्री ओलीको यस कदमलाई असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदमको संज्ञा दिदैँ सम्पूर्ण राजनीतिक दलहरु आ–आफ्नो विरोधको कार्यक्रम गरिरहेका छन् । नागरिक समाज, बुद्धिजिवी लगायत सबै आन्दोलनको कार्यक्रम गरिरहेका छन् । भलै, प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन छ । तर सबै राजनीतिक दलहरु यसको विरोधमा सडकमा उत्रिइरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भने यसको पक्ष र विपक्षमा बाँडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर प्रतिनिधि सभा विघटनको पक्षमा छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विपक्षमा उभिएको छ । नेकपा विभाजित बनेको छ तर नेकपाको आधिकारिकताको विषय पनि निर्वाचन आयोगमा विचाराधिन रहेको छ । दुवै पक्षले आफुलाई आधिकारिकता दिन माग गरिरहेका छन् । यता उपाध्यक्ष वामदेव गौतम भने नेकपालाई फुटबाट बचाउने भन्दै एकता राष्ट्रिय अभियान घोषणा गर्दै एकताको पक्षमा छुट्टै समुहको अभ्यास गरिरहेका छन् । सर्वोच्चले कसको पक्षमा फैसला गर्ला, नेकपा आधिकारिकता कसले पाउँला, सरकारले वैशाख १७ र २७ मा घोषणा गरेको निर्वाचन होला, नहोला र आन्दोलनरत राजनीतिक दलहरुले कस्तो बाटो अपनाउलान यतिखेर आम चासोको विषय बनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य देव गुरुङ प्रतिनिधि सभा विघटनको मुद्दा प्रधानन्यायाधिशको एकल इजलासबाट संवैधानिक इजलासमा पठाउने निर्णय बेठिक भएको बताउनुहुन्छ । प्रतिनिधि सभा विघटन सम्बन्धी परेको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने उहाँको भनाई छ । संवैधानिक इजलासमा पठाउनु, इजलासमा वरियताक्रम मिच्नु जस्ता कुराहरुले सर्वोच्च अदालतले न्याय निष्पक्ष र स्वतन्त्र रुपमा दिने कुरामा प्रश्न उठेको उहाँले बताउनुभयो । गल्ती सच्याउँदै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनुपर्ने उहाँको भनाई छ । निर्वाचन आयोगले पनि दलको आधिकारिकता दिन ढिला गरेको भन्दै उहाँले आयोग राजनीतिबाट प्रभावित भएको हो कि भन्ने शंका उठ्ने ठाउँ रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीका आमन्त्रित सदस्य तथा प्रधानमन्त्री ओली पक्षिय नेता केशव बडाल प्रतिनिधि सभा विघटनको कदम प्रधानमन्त्री ओलिको बाध्यात्मक कदमका रुपमा रहेको बताउनुहुन्छ । राष्ट्रलाई अरु अप्ठ्यारो परिस्थितीबाट जोगाउन राजनीतिक कदम चालिएको उहाँको भनाई छ । जनताको ताजा जनमत लिने कुरा संविधान विरोधी नभएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभाको चुनावमा जाने बाध्यकारी परिस्थिति बुझेर फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले केपी शर्मा ओली पक्षधर सँग नै पार्टीको आधिकारिकता रहेको दाबी गर्नुभयो भने प्रतिनिधि सभाको विघटन पश्चात पार्टी जागरुक भएको बताउनुभयो । दैनिक हुने सभा समारोहहरुले केपी ओलीको नेतृत्वमा मात्रै पार्टीले गतिशिलता पाउन सक्नेरहेछ भन्ने प्रमाणित गरेको उहाँको भनाई छ ।

दुई वर्षमा एकिकरणका सम्पूर्ण काम सक्ने भन्दै २०७५ जेठ ३ गते एकिकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साढे दुई वर्ष पुरा हुँदा नहुँदै विभाजित बनेको छ । स्थिर सरकार, विकास र समृद्धिको सपना देखाएर करिब दुई तिहाई जनमत पाएको पार्टीकै आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन हुन पुगेको छ । यसले नेकपाको भविष्य माथि मात्रै होईन देशको राजनीति र राजनीतिक प्रणाली माथि नै प्रश्न चिन्ह खडा भएको छ ।