१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

चार वर्षपछि सुरु भयो रचना वाचन शृङ्खला

चार वर्षपछि सुरु भयो रचना वाचन शृङ्खला
अ अ+ अ-

दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँमा आबद्ध साहित्यकार प्रत्येक महिनाको दोस्रो शनिबार एकठाउँमा भेला हुन्थे । आफूले रचना गरेका साहित्य वाचन गर्थे । यो शृङ्खला चलेको ३७ महिना भइसकेको थियो तर त्यहीँबेला चार वर्षअघि कोरोना महामारी फैलिएपछि यो शृङ्खला रोकियो ।

प्रतिष्ठानले चार वर्षअघि रोकिएको अभियान शनिबारदेखि पुन: सुरू गरेको छ । विगतमा झै अब प्रत्येक महिनाको दोस्रो शनिबार यो शृङ्खला निरन्तर सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष सङ्गम सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडपछि रोकिएको शृङ्खला विविध कारणले सञ्चालन हुन सकेको थिएन, शनिबारदेखि अभियान सञ्चालन गरिएको छ, अब निरन्तर सञ्चालन गरिनेछ ।”

जिल्लाका फरक–फरक ठाउँमा पुगेर साहित्यकारले मुक्तक, कविता, गीत, हाइकु, गजललगायत रचना प्रस्तुत गर्ने गरेका छन् । सापकोटाले भन्नुभयो, “कार्यक्रम सधैँ एकैठाउँमा हुँदैन, फरक–फरक ठाउँ छनोट गरिन्छ । एकैठाउँमा भेला भएर साहित्यकारहरूले रचना वाचन गर्छन् ।”

३८ औँ शृङ्खलाअन्तर्गत शनिबार व्यास नगरपालिका–३ अनसनचौतारीमा भएको साहित्य वाचनमा डा लक्ष्मीकान्त चापागाईँ, काशीनाथ न्यौपाने, शङ्करराज नहर्की, तेजप्रसाद लामिछाने, सङ्गम सापकोटा, सागर उदासलगायतले रचना वाचन गर्नुभएको थियो ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भएका कारण यहाँ साहित्यिक क्षेत्रमा सम्भावना भए पनि यसको संस्थागत विकास हुन नसकेको प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेले बताउनुभयो ।

तनहुँमा साहित्यको क्षेत्रमा प्रचुर सम्भावना भए पनि सोचेजति विकास हुन नसकेको गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्ष सागर उदासको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटन र साहित्य दुवैमा प्रचुर सम्भावना छ तर जति काम गर्नपथ्र्यो हुन सकिरहेको छैन, राज्यस्तरबाट यसमा पहलकदमी लिनुपर्ने आवश्यकता छ ।” रासस