२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताउनुभएको हो ।

उहाँले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो । उहाँले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आईतवार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरुसँग, प्रतिपक्ष दलका नेताहरुसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमती र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महशुस गरेका छौँ । आज बिहान मात्रै पनि मैले नेपाली काँग्रेसका सभापति लगायतका नेताहरुसँग बुढानिलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतीको निम्ति प्रयास गरेको छु । र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमती र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । किनकी हामी त्यसको नजिकै छौँ ।’

‘अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानविन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ र संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमती भइ नै सकेको छ । अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोली बिहानसम्म सझदारी हुन सक्छ । र प्रधानमन्त्रीको हैसियतले मैले त्यो समझदारी कायम होस् भन्नको निम्ति निरन्तर प्रयास गरेको म जानकारी गराउन चाहन्छु ।’

उहाँले संसदीय समिति गठनमा सहमती भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतीको नजिकै पुगेको जानकारी दिनुभयो ।