२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छ: सांसद सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दै सांसद सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालीको विदेशमा सम्पत्ति राख्न नपाउने र व्यक्तिको सम्पतीको सिमांकन गर्नुपर्ने बताउनु भयो । उहाँले सुगौली सन्धी, गोर्खा भर्ती, सन् १९५० को सन्धी, महाकाली सन्धी, फुकोट–कर्णाली सन्धी, एमसिसी, बिमस्टेक र सौर्य गठबन्धन सम्झौता खारेज गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षलाई समझदारी गरेको भए हुन्थ्यो । औपचारिकता पूरा गर्नु देशको हितमा छैन । दुई नम्बर बुँदामा मानिसले मानिसलाई शोषण गर्न नपाउने राजनीतिक र आर्थिक व्यवस्था बनाइनेछ थप्नको निम्ति संशोधन राखेको छु । तेह्रमा देशघाती सम्झौताहरु सुगौली सन्धी, गोर्खा भर्ती, सन् १९५० को सन्धी, महाकाली सन्धी, फुकोट–कर्णाली सन्धी, एमसिसी, बिमस्टेक, सौर्य गठबन्धन सम्झौता खारेज गरिनेछ लेख्नुपर्छ । बुँदा १४ मा मजदुर वर्गको सरकार गठन हुने, समाजवादी व्यवस्थाको विषयलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा राखी अध्ययन, अध्यापन गराइनेछ लेख्नुपर्छ । बुँदा १५ र २८ मा ठूल्ठूला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई मृत्युदण्ड दिने संविधान संशोधन गरिनेछ । बुँदा १६ मा न्यायपालिका, संवैधानिक आयोग र सेना, प्रहरीसमेत नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गरिनेछ लेख्नुपर्छ । नेपालीको विदेशमा सम्पत्ति राख्न नपाउने, व्यक्तिको सम्पतीको सीमांकन गरिनेछ लेख्नुपर्छ ।’

उहाँले मजदुर वर्गको सरकार गठन हुने, समाजवादी व्यवस्थाको विषयलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा राखी अध्ययन, अध्यापन गराउनुपर्ने पनि बताउनु भयो । उहाँले ठूल्ठूला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई मृत्युदण्ड दिन संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।