• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ?



फाइल तस्विर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सहकारी ठगी छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेशमा सहमति नजुटिरहेका बेला एमाले अध्यक्ष ओली र गृहमन्त्री रविबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न रवि बालकोटस्थित निवासमै पुगेका हुन् ।

दुई नेताबीच संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुरा भएको बताइएको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठक अबरुद्ध गर्दै आएको छ । समिति गठनमा दलहरुबीच सहमति जुटे पनि कार्यक्षेत्र टुंगो लाग्न बाँकी छ ।

नेपाली कांग्रेसले समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन गर्नुपर्ने विषय समेट्नुपर्ने अडान राखिएको छ । तर सत्तारुढ दलले त्यसमा सहमति जनाएका छैनन ।

ओली र रविबीच यस विषयमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

दुई नेताबीचको भेटवार्ता अघि प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी बैठक सकिएलगत्तै ओली र रविबीच भेटवार्ता भएको हो ।