• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने

नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो



काठमाडौँ । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुमका नवराज वि.क.को हत्या भएको दिन पारेर बिहीवार(जेठ १०) गते तेस्रो जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाइएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपाल र नेपाल राष्ट्रिय दलित केन्द्र नेपालले संयुक्त रुपमा जात व्यवस्था विरुद्धको विद्रोह दिवस मनाएका हुन् ।

२०७७ साल जेठ १० गते अन्तरजातिय प्रेम सम्वन्धका कारण रुकुममा नवराज वि.क. लगायतका युवाहरु मारिएका थिए । सो दिनलाई यि संघ, संगठनहरुले जात व्यवस्था विरुद्धको विद्रोह दिवसको रुपमा मनाउने गरेका छन् । बिहीवार सोही सन्दर्भमा काठमाडौंको माईतीघर मण्डलामा फोटो प्रदर्शनी तथा र्‍याली गरिएको छ । फोटो प्रदर्शनीमा जातिय विभेदका कारण मारिनुपरेका दलित समुदायका व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको थियो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले आजको दिन जात व्यवस्था विरुद्धको लडाईंको सन्देश दिन खोजिएको बताउनु भयो ।

कार्यक्रममा जात व्यवस्था मुर्दावाद, मान्छे मार्न पाइँदैन, जात व्यवस्था चाहिँदैन लेखिएको प्लेकार्डहरुको समेत प्रदर्शन गरिएको थियो भने जात व्यवस्था चाहिँदैन, सम्पूर्ण उत्पीडितहरु एक हौँ, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतको नाराबाजी समेत गरिएको थियो ।