२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो



अ+ अ-

काठमाडौँ । अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुमका नवराज वि.क.को हत्या भएको दिन पारेर बिहीवार(जेठ १०) गते तेस्रो जात व्यवस्थाविरुद्धको विद्रोह दिवसको रुपमा मनाइएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपाल र नेपाल राष्ट्रिय दलित केन्द्र नेपालले संयुक्त रुपमा जात व्यवस्था विरुद्धको विद्रोह दिवस मनाएका हुन् ।

२०७७ साल जेठ १० गते अन्तरजातिय प्रेम सम्वन्धका कारण रुकुममा नवराज वि.क. लगायतका युवाहरु मारिएका थिए । सो दिनलाई यि संघ, संगठनहरुले जात व्यवस्था विरुद्धको विद्रोह दिवसको रुपमा मनाउने गरेका छन् । बिहीवार सोही सन्दर्भमा काठमाडौंको माईतीघर मण्डलामा फोटो प्रदर्शनी तथा र्‍याली गरिएको छ । फोटो प्रदर्शनीमा जातिय विभेदका कारण मारिनुपरेका दलित समुदायका व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको थियो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले आजको दिन जात व्यवस्था विरुद्धको लडाईंको सन्देश दिन खोजिएको बताउनु भयो ।

कार्यक्रममा जात व्यवस्था मुर्दावाद, मान्छे मार्न पाइँदैन, जात व्यवस्था चाहिँदैन लेखिएको प्लेकार्डहरुको समेत प्रदर्शन गरिएको थियो भने जात व्यवस्था चाहिँदैन, सम्पूर्ण उत्पीडितहरु एक हौँ, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतको नाराबाजी समेत गरिएको थियो ।