२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक



अ+ अ-

काठमाडौं । प्रसिद्ध संगीतकार शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक: अ वे टु हेभन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

मोडल तथा कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगी फिल्मको पोस्टर सार्वजनिक गरेकी हुन् ।

छिरिङ ‘टालिदेलक’ अ वे टु हेभन ‘ मा नायीकाका रुपमा अनुबन्धित रहेकी छिन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले देखाएको बाटो पच्छाउदै हिमाल आरोहणमा शेर्पा समुदायको गाथालाई चलचित्र मार्फत बिश्वभर पुर्‍याउन लागिएको चलचित्र निर्माण कम्पनी सौर्य प्रोडक्सनले जनाएको छ ।

सुवर्ण थापाले निर्देशन गर्ने फिल्ममा शम्भुजीत बास्कोटा र सुजन खनालको संगीत तथा पत्रकार समेत रहेका चर्चित ढुंगेलको पटकथा लेखन रहने छ ।

अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म निर्माण गर्न लागिएको बुझिएको छ । फिल्मबारे औपचारिक घोषणा भने हुन बाँकि रहेको छ ।

फिल्ममा ‘नाइँ नभन्नु ल ६’ डेब्यु अभिनेता आशीर्वाद क्षेत्री, लाक्पा देन्डी शेर्पा र छिरिङ शेर्पाले अभिनयगर्ने बताईएको छ ।