• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

आन्दोलनको बलबाटै ओलीको कुर्सी खोसिन्छ : अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।  

बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै बागमति प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीप्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नुभयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो । ”

उहाँले केन्द्रीय कमिटीमा आफुहरुसंग बहुमत रहेको दाबी गर्नुभयो । उहाँले केपी ओली कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अघि बढेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “१४ बर्ष जेल बसेको रे ? तर केपी ओलीमा कम्युनिष्ट चरित्र विरोधी रुपको झल्को दिईरहेको छ । केपी ओलीमा कम्युनिष्ट सोच छैन । आदर्श छैन । मुल्यमान्यता छैन । त्यसैले प्रतिगमनले घुँडा टेक्नुपर्छ । केपी ओली तानाशाहाले घुँडा टेक्नुपर्छ । काठमाण्डौ तात्दै तात्दैन तर तातेपछि सेलाउदैन । कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि काठमाण्डौको योगदान रहदै आएको छ । यो वृहत भेलाले काठमाण्डौ तातिसकेको मैले महसुस गरेको छु ।अहिले काठमाण्डौ सिंगै आन्दोलनको केन्द्रविन्दु भएको छ । काठमाण्डौबासी तातिसकेकाले प्रतिगमन र तानाशाही केपी ओली विरुद्धको आन्दोलन निर्णायकमा पुग्न समय लाग्दैन । उहाँ अब कुर्सीबाट झर्नै पर्छ । फेरि पनि सडकमा धक्का दिनुपर्ने स्थिति आएको छ ।”

काठमाण्डौवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाण्डौ बासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिनुभयो ।