२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला तारकेश्वर न.पा. वडा नं ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित गरिएको दुर्लभ बाघको छाला अबैधरुपमा बिक्रि वितरण गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।

यही मिति २०७७ साल पुष २८ गतेको दिन लम्जुङ जिल्ला दुधपोखरी घर भई का.जि. तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस राज घलेले लुकाई छिपाई ल्याएर कोठामा राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको जनाएको छ । त्यहाँबाट आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको बताइएको छ ।