२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ? यसरी जोगिनुस्



अ+ अ-

काठमाडौँ ।  चिसो मौसममा ओठ फुट्ने समस्या सामान्य भइसकेको छ । यो समस्याले धेरै जनालाई दिक्क बनाएको छ । यसले तपाईको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईमा पनि यो समस्या छ यस्ता रहेका छन् १० उपायहरु :

१) लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
२) हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
३) हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
४) २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
५) कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
६) पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
७) जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
८) धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
९) तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
१०) ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।