२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोमा ओठ फुट्ने समस्याबाट हैरान हुनु भएको छ ? यसरी जोगिनुस्



अ+ अ-

काठमाडौँ ।  चिसो मौसममा ओठ फुट्ने समस्या सामान्य भइसकेको छ । यो समस्याले धेरै जनालाई दिक्क बनाएको छ । यसले तपाईको सौन्दर्यता मात्र बिगार्दैन दुख्ने, सुख्खा हुने, जस्ता समस्या पनि निम्त्याउँछ । तपाईमा पनि यो समस्या छ यस्ता रहेका छन् १० उपायहरु :

१) लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
२) हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
३) हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
४) २४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
५) कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
६) पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
७) जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
८) धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
९) तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
१०) ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।