२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्याल करोडौँको चलअचल सम्पत्ति रहेको खुलेको छ ।

उनकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ ।

यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको उल्लेख गरिएको छ । सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तो छ सम्पत्तिको पूर्ण विवरणः

dp-aryal