१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुईवटा घर छन् ।

यस्तै, रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात छ । यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ ।

उपप्रधानमन्त्री रघुवीरसँग ४३ तोला सुन रहेको छ । सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ । यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ ।

यस्तो छ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको सम्पत्ति पूर्ण विवरणः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/05/raghubir-mahaseth.pdf”]