१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको सम्पत्ति विवरण उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग पैतृक पाँच तोला सुन रहेको छ । प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ । यो रकम प्रतिनिधि सभा सदस्यको तलबभत्ता वापत आर्जन गरेको उल्लेख गरिएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरिएको छ ।