२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावधान यी कुराहरु गोप्य राख्नुहोस्, नत्र तपाईलाई नै हुन्छ हानी



अ+ अ-

काठमाडौं । मानिस आफूलाई खुला हृदयको देखाउन सबै कुरा साथीहरुमाझ सार्वजनिक गर्दछन् । तर कतिपय अवस्थामा केही कुराहरु जति नै हितैषि भए पनि नबताउनु उपयुक्त हुन्छ । मानिसको जीवनमा केही गोप्य कुरा हुन्छन्, जो आफ्ना निकटका साथीभाइ वा आफन्तलाई समेत बताउनु हुँदैन । कतिपय कुरा श्रीमान-श्रीमती वा आमा–बुवासँग समेत भन्न नहुने पनि हुन्छन् । तसर्थ सावधान रहनुहोस् गोप्य राख्नु पर्ने कुराबारे । यी ४ कुराहरु कसैसाई नबताउनु होस् :

१) श्रीमान् श्रीमतीबीचको विवाद, मायाका कुरा, मतभेद वा यौनका कुरा साथिभाईलाई बताउनु हुँदैन । यदि यी कुरा मन मिलेको भन्दै साथीभाइलाई सुनाउनु भयो भने भोलीका दिनमा ती साथीसँग मनमुटाव भए उसले बदला लिन यसलाई सार्वजनिक गर्न सक्छन् । तसर्थ श्रीमान श्रीमतीबीचका कुरा सकेसम्म कसैलाई भन्नु हुदैँन ।

२) आजको व्यावसायिक युगमा धेरैले व्यवसाय चलाउन व्यक्ति वा बैंकसँग ऋण लिन्छौ । तर आफूले लिएको ऋण वा आफूलाई परेको आर्थिक समस्याका बारेमा कसैलाई पनि भन्नु हुदैँन । तपाईं आफुले लिएको ऋणबारे वा आफ्ना ऋणीबारे अरुसँग कुरा गर्नु भएमा तपाई ऋण डुब्नु भएको ठानी उनीहरुबाट हुनसक्ने सहयोग बन्द हुन्छ । साथै तपाईको प्रभावसमेत ती व्यक्तीहरु माझ घट्दै जान्छ ।

३) आजकल धेरै मानिसमा आफुले गरेको सहयोगलाई प्रचार गर्ने बानी छ । सहयोग गरेर यसलाई सार्वजनिक वा प्रचार गर्नु राम्रो हुदैँन । तपाईले गरेको काम, सहयोग, मानव धर्म वा पुण्य अरुले चर्चा गरुन् तर आफैले आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा प्रचार गर्नु राम्रो हुदैँन । तसर्थ यस्ता कुरा गोप्य राख्नु नै उत्तम हुन्छ ।

४) कुनै संर्घषपछिको प्राप्ती वा सामान्यभन्दा ठुलो पदमा पुगेपछि मानिसमा अहंकार आउन सक्छ । उ आफूलाई सबैले मानुन् भन्दै आफू को हुँ भनेर हिड्न थाल्दछ । तर मानिसको पछाडी तपाईको मापन गर्ने सयौँ हुन्छन् । तसर्थ आफ्नो पद वा क्षमताको बारेमा सबैलाई भन्नु भन्दा समय आउँदा प्रर्दशन गर्नेगरी गोप्य राख्नु पर्दछ । तर यसको मतलब तपाईको कला, सिर्जना वा रचना लुकाउनु होस् भन्ने चाहिँ होइन । एजेन्सीको सहयोगमा