७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो ।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग बिहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउनजान पाइन्छ अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा लगेर विवाहसमेत गराएर बेचबिखन गरेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा आरोपी घलेले आर्थिक अवस्था कमजोर भएकी महिलालाई यसरी बेचबिखन गर्ने गरेको पाइएको छ । आरोपी घले २०७९ चैत १३ गते अदालतमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई पीडित महिलालाई २०८० वैशाख १ गते चीनमा पुर्याएर आफू नेपाल फर्किएकी थिइन् । त्यसपछि चिनियाँ नागरिकले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्यूरोले जनाएको छ ।

जबर्जस्ती वेश्यावृत्तिमा लगाइराखेको अवस्थामा पीडित महिलाले आफन्तलाई जानकारी गराएपछि बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा २०८० असार १ गते उनको उद्धार गरिएको थियो । खोजतलासका क्रममा ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको ठमेलबाट घलेलाई पक्राउ गरी अहिले अनुसन्धान जारी राखिएको छ । उक्त घटनामा संलग्न चिनियाँ नागरिक र अन्य प्रतिवादीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस