३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा  गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो।

योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभरबाट ४०५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुने व्यक्तिको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। बिहीबार देशभर ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुने व्यक्रिको संख्या १ हजार ९४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित देखिएका छन्। योसँगै  उपत्यकामा एक लाख २४ हजार ३१९ जनामा संक्रमण देखिएको छ।