९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा  गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो।

योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभरबाट ४०५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुने व्यक्तिको संख्या २ लाख ६० हजार १७७ पुगेको छ। बिहीबार देशभर ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुने व्यक्रिको संख्या १ हजार ९४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित देखिएका छन्। योसँगै  उपत्यकामा एक लाख २४ हजार ३१९ जनामा संक्रमण देखिएको छ।