२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को लिग चरण सकिएको छ । लिग चरणको अन्तिम खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच हुने थियो, जुन वर्षाका कारण रद्द भएको थियो ।

आईपीएल २०२४ को प्लेअफका लागि चार टोलीले स्थान बनाएका छन् । कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर ।

वर्षाका कारण राजस्थान रोयल्सको टोलीले पहिलो क्वालिफायर खेल्न सकेन । आईपीएल २०२४ को अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रह्यो । पञ्जाबलाई पराजित गर्दै सनराइजर्स हैदरावाद दोस्रो स्थानमा रह्यो ।

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अब आईपीएल २०२४ को प्लेअफ खेलहरू यी चार टोलीहरूबीच खेलिने छ ।

पहिलो क्वालिफायर
आईपीएल २०२४ को अंकतालिकामा शीर्ष दुई स्थानमा रहेको कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको पहिलो क्वालिफायर मंगलबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल्नेछ । यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्ने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा भाग लिनेछ ।

एलिमिनेटर खेल
एलिमिनेटर खेल आईपीएल २०२४ को अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका टोली राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुनेछ । यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ जहाँ उसले पहिलो क्वालिफायरको हार्ने टोलीसँग खेल्नेछ । तर, हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

दोस्रो क्वालिफायर
दोस्रो क्वालिफायर खेल एलिमिनेटर खेलको विजेता र पहिलो क्वालिफायरको हार्ने टोलीबीच हुनेछ । दुई खेल मध्ये जो जित्छ फाइनलमा प्रवेश गर्नेछ । यो खेल शुक्रबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ ।

आईपीएल फाइनल
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा भिड्नेछन् । यो खेल आइतबार चेन्नईको चेपौक स्टेडियममा हुनेछ ।