२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को लिग चरण सकिएको छ । लिग चरणको अन्तिम खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच हुने थियो, जुन वर्षाका कारण रद्द भएको थियो ।

आईपीएल २०२४ को प्लेअफका लागि चार टोलीले स्थान बनाएका छन् । कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर ।

वर्षाका कारण राजस्थान रोयल्सको टोलीले पहिलो क्वालिफायर खेल्न सकेन । आईपीएल २०२४ को अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रह्यो । पञ्जाबलाई पराजित गर्दै सनराइजर्स हैदरावाद दोस्रो स्थानमा रह्यो ।

राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अब आईपीएल २०२४ को प्लेअफ खेलहरू यी चार टोलीहरूबीच खेलिने छ ।

पहिलो क्वालिफायर
आईपीएल २०२४ को अंकतालिकामा शीर्ष दुई स्थानमा रहेको कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको पहिलो क्वालिफायर मंगलबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल्नेछ । यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्ने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा भाग लिनेछ ।

एलिमिनेटर खेल
एलिमिनेटर खेल आईपीएल २०२४ को अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका टोली राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुनेछ । यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ जहाँ उसले पहिलो क्वालिफायरको हार्ने टोलीसँग खेल्नेछ । तर, हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

दोस्रो क्वालिफायर
दोस्रो क्वालिफायर खेल एलिमिनेटर खेलको विजेता र पहिलो क्वालिफायरको हार्ने टोलीबीच हुनेछ । दुई खेल मध्ये जो जित्छ फाइनलमा प्रवेश गर्नेछ । यो खेल शुक्रबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ ।

आईपीएल फाइनल
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा भिड्नेछन् । यो खेल आइतबार चेन्नईको चेपौक स्टेडियममा हुनेछ ।