२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेतालाई लक्षित गरी लगाइएका आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ ।

संसदीय दलको बैठक पछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आईतबार सदनमा गृहमन्त्री लामिछानेले असभ्य, असत्य, भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको टिप्पणी गरे ।

उनले आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेर अरुलाई झुटा आरोप लगाएको बताए । उनले भने, ‘सदनमा कांग्रेस र नेता लक्षित आरोप लगाइएका छन् । अनुसन्धान, छानबिन गरेर प्रमाणित गर्न त्यसका लागि खुल्ला छौं । उपप्रधान तथा गृहजस्तो जिम्मेवार ठाउँमा बसेकाले अरुलाई प्रश्न सोध्ने होइन आफूमाथि उठेका प्रश्नको जवफ दिनुपर्छ ।’

गृहमन्त्रीले बोलेको कुरालाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउदै उनले भने, ‘उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनि गम्भीर ध्यानाकर्षण गराएका छौँ’।