१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित



तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीचको राजनीतिक इगोका कारण संसद् बैठक अनिश्चित बनेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भनिए पछि ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा नै बस्छ कि बस्दैन भन्ने अवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अबरुद्ध गर्दै आएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । तर छानबिन समिति गठन गर्दा समर्थ सहकारीको छानबिन हुनुपर्ने सत्तारुढ दलको अडान र लामिछाने केन्द्रीत नै समिति बनाउनुपर्ने कांग्रेसको हठका कारण संसद् चल्न सक्ने अवस्था छैन ।

गृहमन्त्री लामिछानेले आफूले एक पटक संसद्मा बोल्न पाए छानबिनको कुरा नै नउठ्ने भन्दै आएका थिए । उनलाई हिजो संसद्मा बोल्ने अवसर मिल्यो । तर यो विषय झन् जटिल बन्यो । कांग्रेसले न सहकारी ठगी छानबिनको कुरा छाडेको छ न त रविले आफ्नो अडान छाडेका छन् ।

गृहमन्त्री रवि लामिछानेले संसद्मा उभिएर स्पष्टीकरण दिए पनि नेपाली कांग्रेसले आजको बैठक चल्न नदिने घोषणा गरेको छ ।
बजेट अधिवेशन सुरु भएकै दिनदेखि नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले उनीमाथि छानविनका लागि संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै आएको छ ।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तर कांग्रेसले आफूमाथि पूर्वाग्रह साँधेको र गुनासो गरेका छन् । साथै अन्य सांसदहरुको पनि मिडियामा समाचार आएको भन्दै उनीहरुमाथि पनि व्यक्तिकेन्द्रित छानविन गर्न लामिछानेले चुनौती दिएका छन् ।

गृहमन्त्री लामिछानेको जवाफपछि नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानविनका लागि समिति नबनेसम्म कांग्रेसले सोमबारको बैठक पनि चल्न नदिने बताए ।

सोमबार बिहान ११ बजे बोलाइएको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने कार्यसूची छ । तर, रविमाथि छानविन समिति नबने सो बैठक पनि चल्न नदिने महामन्त्री थापाले बताए ।

गृहमन्त्री लामिछानेले संसदीय छानविन समिति गठनमा आफू तयार भएको तर, त्यसको कार्यक्षेत्र कस्तो तोक्ने भन्नेमा रास्वपाको कुनै अवरोध नहुने बताएका छन् । उनले प्रमुख तलहरु मिलेर समितिको अधिकार क्षेत्र तोक्दा आफूलाई फरक नपर्ने बताएका छन् ।

अब सोमबार बिहान ११ बजे अघि नै समिति गठन गरिसक्न कांग्रेसले सत्तापक्षलाई अल्टिमेटम दिएको छ ।