१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथ्लेटिको बिलबाओले फाइनलमा बार्सिलोनाको सामना गर्ने



अ+ अ-

म्याड्रिड । एथ्लेटिको बिलबाओले स्पेनी सुपरकपको फाइनलमा बार्सिलोनाको सामना गर्ने भएको छ । उसले बिहीबारको सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले हरायो ।

बिलबाओका लागि राउल गार्सियाले दुई गोल गरे । खेलको अन्त्यतिर करिम बेन्जेमाले रियलका लागि एक गोल फर्काए । सुरुमा यसले मान्यता नपाएपछि ‘भार’ ले यसलाई गोलको संज्ञा दिएको थियो ।

यसअघि बार्सिलोनाले अर्को सेमिफाइनलमा रियल सोसिडाडलाई टाइब्रेकरमा हराएको थियो । फाइनल आइतबार सेभियामा हुनेछ ।