काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित भएको छ ।
सदनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेका थिए । त्यसको लगत्तै बैठक भोलि (सोमबार) ११ बजे बस्नेगरी स्थगित भएको सभामुखले जानकारी गराए ।
भोलि बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ।