• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छ: उपसभामुख राना ★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे ★   प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए ★   लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ ★   ‘कतिबेला बास उठ्ने हो थाहा छैन’ ★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

कार्यदल बैठक निष्कर्षविहीन



काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो ।

साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने बताईएको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियारले राज्यको निकायले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको बताए । उनले साँझ पुन: यसबारे छलफल गर्न बैठक बस्ने जानकारी दिए ।

यस्तै, रास्वपाका नेता तथा कार्यदलका अर्का सदस्य शिशिर खनालले कांग्रेसले सहकारीको विषय भन्दा पनि गृहमन्त्रीमाथि फोकस गरिरहेको बताए । उनले भने, उहाँहरूको प्रस्तावले त गृहमन्त्रीलाई नै दोषी नै करार गर्नुभएको छ । यसमा हामी सहमत छैनौँ तर छानबिनले दिने निष्कर्षका लागि हामी तयार नै छौँ ।’