२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने



file photo
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रो पटक पनि स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा बैठक पुन: साढे ४ बजेलाई सारिएको हो ।

सहकारी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा दलहरुबिच सहमति जुट्न सकेको छैन ।

सहमति जुटाउन सिंहदरबारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच दोस्रो चरणमा छलफल भइरहेको छ ।