२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा भएको ट्राफिक प्रहरी युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहितलाई पक्राउ गरेको हो । गएको शुक्रबार प्रहरी जवान घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । उनी ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए ।

लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा उनी मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । तर, बयान र सोधपुछपछि ६ जनाको संलग्नता खुलेको हो ।

खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।